तम्घास (गुल्मी), १७ फागुन । गुल्मीको इस्मा रजस्थलमा एक व्यक्तिले खुकुरी प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेका छन् ।banner

इस्मा रजस्थल–१ अन्तर्गत थापाचौर निवासी ५९ वर्षीय यमबहादुर खत्रीले आज बिहान आफ्नै घरमा बसिरहेको अवस्थामा ४५ वर्षीय श्रीमती कमला खत्रीलाई खुकुरी प्रहार गरी ढुङ्गाले थिचेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी सहायक निरीक्षक सत्यनारायण यादवले बताए ।

खुकुरी प्रहारबाट लक्ष्मीकोे घटनास्थलमा नै ज्यान गएको हो । खत्रीले श्रीमतीको हत्या गर्नुअघि आफ्नै गोठमा आगोसमेत लगाएको स्थानीयवासीले बताएका छन् ।

दुई श्रीमती विवाह गरेका खत्री लामो समयदेखि कान्छी श्रीमतीसँग बस्दै आएका थिए । दुई श्रीमतीमध्ये खत्रीका जेठी श्रीमतीतर्फ चार र कान्छी श्रीमतीतर्फ चार गरी आठ सन्तान रहेका छन् । जिल्ला प्रहरी कार्यालय गुल्मीले खत्रीलाई आज अपराह्न घटनास्थलबाट पक्राउ गरी हिरासतमा लिएको छ । रासस

Source:  DCNEPAL
Next
This is the most recent post.
Previous
Older Post

0 comments:

Post a Comment

 
Top