सिरहा, ९ फागुन । मातृ पार्टी एमालेले गर्न लागेको मेची–महाकाली अभियानलाई सफल पार्न युवा संघ नेपाल तराई झरेको छ ।
‘मेचीकाली अभियान राष्ट्रघातिहरुको अवसानको रुपमा रहने छ । पहाडले तराई मधेशलाई हेपेको नभई पहाड र हिमालको संस्कृति तराई मधेशको संस्कृतिबाट नै प्रभावित छ । नेपालको मुख्य संस्कृतिको उद्गगम थलो मधेश नै हो,’ उनले भने– ‘त्यसकारण नेपालको मेरुदण्ड भनेको मधेश हो । विखण्डनको कुरा गर्ने सीके राउतलाई यस अभियानले नै पाखा लगाउने छ ।’
 
संघका उपाध्यक्ष रमेश पौडेलको नेतृत्वमा सचिव माधव वास्तोला र लेखा आयोगका सदस्य अजित लामासहित तराईका विभिन्न जिल्लामा पार्टीको मेची महाकाली अभियानलाई सफल पार्ने योजना अन्तर्गत आइतबार सिरहामा युवा संघ नेपालको भेला संघका अध्यक्ष वैजनाथ शाहको अध्यक्षतामा सम्पन्न भयो ।
फागुन २४ गते सिरहाको चोहर्वामा हुने विशाल जनसभालाई व्यवस्थित वनाउनको लागि युवा संघ नेपालले स्वयंसेवकको भुमिका निर्वाह गर्ने भएको छ । भेलाले सुरक्षा र जनपरिचालनको लागि संघका अध्यक्ष वैजनाथ शाहको नेतृत्वमा १००१ रहेको युवा परिचालन कमिटी निर्माण गरेको छ ।
कार्यक्रममा सिरहा दुलही झै सिंगारिने छ । यो कार्यक्रमले एमालेलाई तराईमा पहिलो पार्टी बनाउने छ । कार्यक्रममा हजारौ संख्यामा अन्य पार्टी परित्याग गरि संघ र पार्टी प्रवेश गर्ने कार्यक्रम तय भइसकेको छ । २४ गते राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदाय सबैको ध्यान सिरहामा केन्द्रीत हुनेछ ।
कार्यक्रम न भुत न भविष्य यो अत्यधिक व्यवस्थित र उत्साहजनक रुपमा रहने युवा संघको दाबी छ । सिरहाको वलान पुलबाट नेताहरुलाई स्वागत गर्ने र कार्यक्रम समापनपछि कमलापुरसम्म विदाई गरिनेछ ।
‘देश बर्वाद पार्नेलाई पाखा लगाइने’
कार्यक्रममा संघका उपाध्यक्ष पौडेलले यो अभियान राष्ट्रियता एकता, स्वाधीनता र सार्वभौसत्ता सम्वन्धि अभियान भएको बताउँदै देशलाई बर्वाद पार्नेलाई पाखा लगाइने बताए ।
सचिव माधव वास्तोलाले यो अभियानमा लाखौं जनताको स्वस्फूर्त उपस्थिति रहने र यसलाई व्यवस्थित गर्नु चुनौतीपूर्ण रहेको बताए ।

‘मेचीकाली अभियान राष्ट्रघातिहरुको अवसानको रुपमा रहने छ । पहाडले तराई मधेशलाई हेपेको नभई पहाड र हिमालको संस्कृति तराई मधेशको संस्कृतिबाट नै प्रभावित छ । नेपालको मुख्य संस्कृतिको उद्गगम थलो मधेश नै हो,’ उनले भने– ‘त्यसकारण नेपालको मेरुदण्ड भनेको मधेश हो । विखण्डनको कुरा गर्ने सीके राउतलाई यस अभियानले नै पाखा लगाउने छ ।’
यो अभियानलाई सफल पार्नको लागि सिरहा युवा संघले सुरक्षादेखि विभिन्न उपसमिति वनाएको छ ।
भेलामा पार्टी केन्द्रीय सदस्य लिलानाथ श्रेष्ठ, पार्टी जिल्ला कमिटी सिरहाका सचिव योगेन्द सिंह, संघका केन्द्रीय सदस्य रविन्द्र शाह, लेखा आयोगका सदस्य अजित लामा, अञ्चल सचिव कमलदेव यादव लगायतले अभियानलाई सफल पार्न सबैमा आह्वान गरेका थिए ।दैनिक नेपालको ससयोगमा

0 comments:

Post a Comment

 
Top