फागुन १५ | भारतीय राज्य उत्तर प्रदेशको एक जिल्ला बहराइचको ननपारा तहसिलबाट करिब ६० किलोमिटर टाढा कतर्निया घाटको जंगलमा उत्तर प्रदेशका समाज कल्याण राज्यमन्त्री बंसिधर बौद्धको घर छ । यो गाउँ जाने क्रममा जति पनि घर देखिए ती सबै कच्ची, माटो र घाँस, परालले बनाइएको थियो । बंसिधर बौद्धको घर तिनैमध्येको एक थियो ।
राजनीतिलाई धेरैजसो मानिसले कमाई खाने भाँडोको रुपमा लिइरहेका बेला बंसिधर बौद्ध राज्य सरकारमा एक मात्र यस्ता मन्त्री हुन् जो आज पनि आफ्नो गाउँको पुस्तेली घर अर्थात् भुपडीमा बस्छन् ।
बहराइच बौद्धसँग अरु मन्त्री जस्तै न त कुनै गाडी छ न बैंक ब्यालेन्स न नै खेतबारी । जंगलका स्रोत, पशुपालन र मजदुरीले अहिलेसम्म पेट पालिरहेका छन् । करिब तीन वर्ष उनी विधान सभाका सदस्य बने र त्यसपछि मन्त्री तर उनको जीवनशैलीमा रत्तिभर पनि फेरबदल भएको छैन ।
बिहान करिब ८ बजे बीबीसीमा एक संवाददाता उनको घरमा पुग्दा बंसिधर बौद्ध चुनाव प्रचारका लागि आफ्ना समर्थकसँगै निस्कने तयारीमा थिए । चुनाव प्रचारमा जानुभन्दा अघि आफूले दुईवटा भैंसीको दुध दुहेको जानकारी दिए । उनको ढोकामा त्यहाँका स्थानीयलगातय र युपी पुलिसका दुई सुरक्षाकर्मीको उपस्थितीले बताउँथ्यो कि त्यो कुनै मन्त्रीको घर हो ।
विधान सभाका सदस्य र मन्त्री भएपछि पनि गाडी बंगालतर्फ ध्यान किन नबढेको भन्ने प्रश्नमा बंसिधर बौद्धले यस्तो उत्तर दिए, ‘जनताले हामीलाई एमएलए, मन्त्री बनाए । त्यसकारण जनताका केही काम गरें । अब दोस्रो पटक मौका पाएँ भने आफ्नो लागि पनि केही गर्नेछु ।’
बंसिधर बौद्ध पशुपालकदेखि राज्यमन्त्रीको यात्रा निकै मुश्किल रह्यो । थुप्रै वर्ष पहिले बलियाबाट रोजगारको खोजीमा उनका पिता बहराइच आएका थिए । त्यहाँको जंगलमा मजदुरी र पशुपालन गर्दथे । सन् २००० मा बंसिधर बौद्ध अचानक राजनीतिमा प्रवेश गरे ।
राजनीतिमा प्रवेश हुनुको कथा पनि निकै रोचक छ । उनी भन्छन्, ‘म यहि सरकारी खेतको हेरबिचार गर्दथें । मजदुरसँग राम्रो सम्बन्ध थियो । जिल्ला पंचायतमा यो सिट एससीको खातामा गएपछि केही मानिसहरुले आग्रह गरेपछि मैले पनि चुनाव लडें र जितें पनि । यहाँबाटै मेरो राजनीतिक यात्रा सुरु भयो ।’
उनी विधान सभाका सदस्य र मन्त्री बनेको कथा पनि कुनै फिल्मको स्क्रिप्टभन्दा कम छैन । उनका अनुसार एक दिन भैंसी चराइरहेका बेला एक दिन समाजवादी पार्टीका एक नेतासँग उनको भेट भयो । बलहामा उपचुनाव हुने तयारीमा थियो र एससी उम्मेद्वारको खोजी भयो । ती नेताको सिफारिसमा मुख्यमन्त्री अखिलेश यादवले उनलाई टिकट दिए र जितेपनि ।
बंसिधर बौद्ध भन्छन्, ‘विधान सभाको सदस्य भएपछि मैले आफ्नी छोरीको विवाहमा मुख्यमन्त्रीलाई पनि आमन्त्रित गरें । उनी यहाँ आए र मेरो गरिबी देखेर मलाई मन्त्री बनाइदिए ।’
पछिल्लो वर्ष अक्टोबरमा आएको बाढीले उनको कच्ची घरको एक हिस्सा खसेको थियो जसको मन्त्रीले आफ्ना सन्तानसँग मिलेर आफैं मर्मत गरे ।
बंसिधर बोद्ध निकै सरल पूर्वक भन्छन्, ‘अन्य विधान सभा सदस्य र मन्त्री देखेर पनि मलाई उनीहरुको बराबरीको भाव भित्र मनदेखि नै आउँदैन । हामी पढे–लेखेका छैनौं, जो पाएको छौं त्यो पनि कम छैन ।’
बंसिधरमात्र नभई उनको परिवारका अन्य सदस्य पनि यसै सरलतामा आफूहरु खुसी भएको बताउँछन् । उनकी श्रीमती भोजपुरीमा भन्छिन्, ‘पहिलाभन्दा त अहिले स्थिती निकै राम्रो छ । पहिले त खान पनि केही हुँदैनथ्यो अहिले १० जना सदस्यलाई खुवाइरहनुभएको छ । अहिले उहाँ सिकिरहनुभएको छ, जब सिकिसक्नुहुन्छ तब पैसा पनि कमाउनुहुनेछ र घर पनि बनाउनु हुनेछ ।’
स्थानीयहरु पनि उनको सरल जीवनशैलीका कारण चकित छन् । बहराइचका पत्रकार अजिम मिर्जा गाउँमा पक्की घर बनाउन नसक्नुको कारण भन्छन्, जसलाई बंसिधर बौद्ध पनि स्विकार्छन्, ‘वास्तवमा यो वन ग्राम हो, राजस्व गाउँ होइन । यहाँ कुनै पनि स्थाई निर्माण हुन सक्दैन । केहि दिन अघि मन्त्रीजीले आफूसँग तीन/चार लाख भएको तर उक्त पैसाले त्यस ठाउँमा घर बनाउन नसक्ने र अन्य ठाउँमा घर बनाउनका लागि त्यति रकम निकै थोरै थियो ।एको तर उक्त पैसाले त्यस ठाउँमा घर बनाउन नसक्ने र अन्य ठाउँमा घर बनाउनका लागि त्यति रकम निकै थोरै थियो ।’
बंसिधर बौद्ध समाजवादी पार्टीको तर्फबाट बलहाबाट पुनः चुनावी मैदानमा छन् । उनले सरकारी गाडी प्रयोग गरिरहेका छैनन र दुई तीन गाडी भाडामा माग गरिरहेका छन् । उनी भन्छन्, ‘जित्नका लागि मानिसहरुबिच जुन काम गरेको छु, त्यसै कामका लागि भोट मागिरहेको छु ।’
बंसिधर बौद्धलाई के उनको सरलताको अधिकारीहरुले फाइदा त उठाउँदैनन भन्ने प्रश्नमा उनको जवाफ थियो, ‘फाइदा उठाउने भए म आफ्नो क्षेत्रमा विकासको काम कसरी गर्न सक्थें । अधिकारीहरुले पूरा सम्मान दिन्छन् ।’
उनका पाँच छोरा र तीन छोरी छन् । जेठो सन्तानको परिवार पनि सँगै बस्छन् । सबै बेरोजगार छन् । यद्यपी उनका सन्तान भने केही पढेलेखेका छन् र जागिरको खोजी गरिरहेका छन् । अहिलेसम्म कसैले पनि जागिर पाएका छैनन् ।
बीबीसीको सहयोगमा







0 comments:
Post a Comment