बागलुङ, १४ फागुन । नेकपा (एमाले)का वैकल्पिक केन्द्रीय सदस्य गोविन्द नेपालीसहितका नेताहरू चढेको जीप शुक्रबार दुर्घटना भएको छ ।
बागलुङको बुर्तिबाङबाट बोबाङतर्फ जाँदै गरेको ध.१ ख ८१ नम्बरको जीप शुक्रबार बिहान पौने १२ बजे अधिकारीचौर गाविस वडा न. ९ साराखेतमा दुर्घटना भएको हो । ब्रेक फेल भएका कारण जीप दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
जीप एक्कासि सडकबाट भित्तातर्फ ठोक्एिर सडकमै पल्टिएको थियो । जीप पल्टिदा एमाले बैकल्पिक केन्द्रीय सदस्य गोविन्दबहादुर नेपाली, बागलुङ जिल्ला कमिटीका उपसचिव विष्णु भुषाल, जिल्ला सदस्यहरू रुद्र पौडेल, केशर छन्त्याल र बीरबहादुर विक तथा स्थानीयवासी सहित १२ जना सामान्य घाइते भएका छन् ।
दुर्घटनामा परेका मध्ये एमाले जिल्ला उपसचिव विष्णु भुषाल र जिल्ला सदस्य केशर छन्त्यालको बुर्तिबाङमा सामान्य उपचार भएको छ ।
अन्यको अवस्था सामान्य रहेको भुषालले जानकारी दिए । विदेशबाट घर फर्केका बोबाङका युवाहरूले ल्याएका सामानहरूका कारण जीप सडकबाट तल खस्न पाएन र जीपमा सवार सबै सकुशल रहेको भुषालले जानकारी दिए ।
एमाले बोबाङ गाउँ कमिटीले शुक्रबार आयोजना गरेको आमसभा तथा पार्टी प्रवेश कार्यक्रममा सहभागी हुनका लागि एमाले नेताहरू त्यसतर्फ गएका थिए ।
दुर्घटनापछि बैकल्पिक केन्द्रीय सदस्य नेपाली, जिल्ला सदस्य पौडेल र विक कार्यक्रम स्थलमा गएको तथा भुषाल र छन्त्याल बुर्तिबाङ फर्केर उपचार गराएका थिए ।दैनिक नेपालको सहयोगमा

0 comments:

Post a Comment

 
Top