मुम्बई । अभिनेता अक्षय कुमारको भर्खरै रिजिल भएको ‘जोली एलएलबी २’ को कमाई १०० करोड नजिक पुगेको छ ।

१० फेब्रुअरीमा रिलिज भएको ‘जोली एलएलबी २’ ले दोस्रो हप्तामा पनि बक्स अफिसमा जादु देखाएको छ । फिल्म क्रिटिक्स र ऐनालिस्ट तरण आदर्शअनुसार शुक्रबारसम्म यस फिल्मले ४.१४ करोड, शनिबार ६.५ करोड र आइतबार ७.२४ करोड कमाई गरेको थियो ।

कुल मिलाएर फिल्मले १७.७३ करोड रुपैयाँ कमाएको छ । अहिलेसम्मको कुरा गर्ने हो भने भने फिल्मले ७६.४४ करोड रुपैयाँ कमाएको छ । ‘जोली एलएलबी २’ अघिल्लो फिल्म ‘जोली एलएलबी’ को सिक्वेल हो । जसमा अरशद वारसी र बोमन इरानी मुख्य कलाकारका रुपमा थिए ।

यस सिक्वयलमा अक्षय कुमार, हुमा कुरैशी, अनु कपूर, सौरभ शुक्ला मुख्य भूमिकामा छन् । यो फिल्म कोर्ट रूम ड्रामामा आधारित छ ।

0 comments:

Post a Comment

 
Top