काठमाडौं, १५ फागुन । नेपाल र नेपालीले कहिल्यै भुल्न नसक्ने कठोर नाकाबन्दी लगाउन ठूलो भूमिका खेलेर आलोचित बनेका नेपालका लागि भारतीय राजदूत रणजित राय (रञ्जित रे)लाई संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले रक्सीसहितको रात्रिभोजले अभिनन्दन गरेको छ ।
शनिबार राति काठमाडौंको लाजिम्पाटस्थित पाँच तारे होटले र्याडिसनमा मधेसी मोर्चाको खर्चमा राजदूत रेलाई उच्च सम्मान गरिएको हो । यसको चाँजोपाँचो तराई मधेस लोकतान्त्रिक पार्टीका सहअध्यक्ष हृदयश त्रिपाठीले अलिक धेरै पहल गरेका हुन् । कार्यक्रममा क–कसलाई बोलाउने भनेर सूची त्रिपाठीले नै तयार पारेको स्रोतको भनाइ छ ।
अनिर्वाय अवकास पाएर घर फर्कन लागेका राजदूत रेको सम्मानमा राखिएको रक्सी पार्टीलाई प्रमुख विपक्षी दल एमाले, माओवादी केन्द्र र संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले भने बहिष्कार गरिदिएका छन् । उनीहरू बहिष्कार गरिदिएपछि रेको सम्मान कार्यक्रम खल्लो बनेको स्रोतको भनाइ छ ।
रेको अभिनन्दन र विदाइ कार्यक्रम तथा ककटेल डिनर पार्टीमा निम्ता पठाइएको थियो । सह–सचिवस्तरको हैसियत भएका राजदूत रेको सम्मानमा राखिएको रक्सी पार्टीमा गएर मर्यादा मिच्ने र बद्नामी नलिने भन्दै उपेन्द्र यादव, एमाले र माओवादी केन्द्रका नेताहरू कार्यक्रममा नगएको
उपेन्द्र यादवको पार्टीका केही नेताहरू रेको सम्मानमा आयोजित रक्सी पार्टीमा पुगे पनि अध्यक्ष यादव आफू विशेष काम परेको भन्दै अनुपस्थिति रहेका थिए । यसअघि सद्भावना पार्टीले राजदूत रेको सम्मानमा राखेको कार्यक्रममा पनि यादव अनुपस्थित रहेका थिए ।
स्रोतका अनुसार एमाले र माओवादी केन्द्रका नेताहरूलाई पनि राजदूत रेको अभिनन्दन र विदाइ कार्यक्रम तथा ककटेल डिनर पार्टीमा निम्ता पठाइएको थियो । सह–सचिवस्तरको हैसियत भएका राजदूत रेको सम्मानमा राखिएको रक्सी पार्टीमा गएर मर्यादा मिच्ने र बद्नामी नलिने भन्दै उपेन्द्र यादव, एमाले र माओवादी केन्द्रका नेताहरू कार्यक्रममा नगएको उच्च स्रोतको दाबी छ ।
मधेसी मोर्चाले राजदूत रेको विदाइ सम्मान तथा अभिनन्दन कार्यक्रममा कांग्रेस सभापति शेरबहादुर देउवा, गृहमन्त्री विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, राप्रपाका पशुपति शम्शेर राणा, डा.प्रकाशचन्द्र लोहनी, दीपक बोहरा, अधिकारकर्मी दमनाथ ढुङ्गाना, नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकाल, बाबुराम भट्टराई, हिसिला यमी, महन्थ ठाकुर, हृदय त्रिपाठी, बृखेषचन्द्र लाल, शरतसिंह भण्डारी, राजेन्द्र महतो, राजकिशोर यादव, अनिलकुमार झा, महेन्द्र राय यादवलगायतका झण्डै १ सय ५० जनाको उपस्थिति रहेको थियो ।

0 comments:
Post a Comment