बर्दिया: मानिसको खानपान बिग्रिएपछि कुनै न कुनै रोग लाग्छ भन्ने कुरा सामान्य भइसकेको छ। तर माटोलाई पनि मानिसलाई जस्तै रोग लाग्छ भन्ने सुन्दा आश्चर्य लाग्न सक्छ। हिजोआज रासायनिक मल र कृषिमा भएको आधुनिकतासँगै माटोलाई पनि ग्यास्ट्रिक, सुकेनास, डायरियालगायत रोग देखिन थालेको खबर आजको अन्नपूर्ण पोस्टमा छ।

पछिल्लो समय विश्वभरि नै खेतीमा रासायनिक मलको प्रयोगमा वृद्धि भइरहेकाले माटोमा पनि रोग देखिएको जिल्ला कृषि विकास कार्यालय बर्दियाका वरिष्ठ कृषि विकास अधिकृत परशुराम रावतले बताए। ‘रासायनिक तत्वको अत्यधिक प्रयोगले माटोमा रोग देखा पर्न थालेको छ’, उनले थपे, ‘बर्दियाको माटोमा ग्यास्ट्रिक, सुकेनास र डायरिया रोग देखिएको छ।’
पृथ्वीमा तीन भाग पानी र एक भाग माटो छ। माटोमै मानिसले विभिन्न संरचना निर्माण गर्ने गर्छन्। मानव सभ्यताको विकास र कृषि युग सुरु भएदेखि नै मानिसले माटोमा विभिन्न अनाज उत्पादन गर्दै आएको छ। रावतले भन्छन्, ‘ग्यास्ट्रिक भएको माटोमा अम्लियपन, सुकेनास भएको माटोमा कडापन र डायरिया भएको माटोमा हिलेपन भएपछि माटोको गुणस्तर घट्दै गएको छ।’
माटोको गुणस्तर घटेपछि उत्पादनमा ह्रासोन्मुख प्रतिफल आउन थालेकोप्रति उनले सजग गराए। मानिसले एकै किसिमको कृषि प्रणाली अपनाउँदा माटोको उर्वराशक्तिसमेत हराउँदै जान थालेको हो। गोठेमलको प्रयोग गर्न सुझाव दिँदै उनले अगाडि थपे, ‘उत्पादनलाई वृद्धि गर्दै माटोको गुणस्तर जोगाउन पनि गोठेमल उपयुक्त हुन्छ।’
पछिल्लो समय विश्वभरि नै खेतीमा रासायनिक मलको प्रयोगमा वृद्धि भइरहेकाले माटोमा पनि रोग देखिएको जिल्ला कृषि विकास कार्यालय बर्दियाका वरिष्ठ कृषि विकास अधिकृत परशुराम रावतले बताए। ‘रासायनिक तत्वको अत्यधिक प्रयोगले माटोमा रोग देखा पर्न थालेको छ’, उनले थपे, ‘बर्दियाको माटोमा ग्यास्ट्रिक, सुकेनास र डायरिया रोग देखिएको छ।’
ग्रामीण समुदायमा प्रयोग गरिने गोठेमलसमेत गुणस्तरहीन रहेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ। किसानले अव्यवस्थित तरिकाले घाम र वर्षाको पानीमा फालिएको गोठेमल नाइट्रोजन र फस्फोरस उडेर गुणस्तरहीन हुने गरेको रावतको भनाइ छ। गोठेमल व्यवस्थापनका लागि जिल्ला कृषि विकास कार्यालय बर्दियाले जिल्लाका किसानलाई अनुदान दिँदै आएको उनले प्रष्ट पारे।
कृषि विकास कार्यालयले गोठेमल व्यवस्थापनका लागि केही सहयोग उपलब्ध गराएपछि किसानले व्यवस्थित भकारो निर्माण गरेको उनले बताए। गोठेमल व्यवस्थापन कार्यले मलमुत्रको व्यवस्थापनसँगै पशुजन्य फोहोर व्यवस्थापनमा सहयोग पुगेकोमा अनुदान पाएका जब्धहवाका स्थानीय किसान हर्षित भएका छन्।
नेपाल कृषि प्रधान देश भएकाले यहाँका अधिकांश मानिस कृषि पेसामा आस्रित छन्। आधुनिक रासायनिक मलको प्रयोगले माटोको क्षमता घट्न गई माटोमा विभिन्न रोग देखा पर्नु दुःखद भएको बताए। ग्रामीण कृषकलाई सचेत पार्दै माटोमा देखिएको रोगको यथाशीघ्र निराकरण गर्नु जरुरी रहेको उनले उल्लेख गरे।

0 comments:

Post a Comment

 
Top