काठमाण्डु, १२ फागुन– गोरखा जिल्ला तामालाबोट गाविस ९ निवासी विमला वयलकोटी जंगलमा मृत अवस्थामा भेटिएकी छिन् ।
विमलाको गतवर्ष भूकम्पले भत्केको घर बनाउँनको लागि बनमा काठ काटेको थियो । काठ काट्ने खेतालाई खाजा पुर्‍याउँन सोमबार दिउँसो १२ बजेतिर घरबाट निस्केकी थिईन । खाजा पुर्‍याउँन गएकी विमला बेलुका अवेर सम्म नफर्के पछि गाउँलेहरु खोज्न निस्केका थिए । गाउँलेले नभेटे पछि प्रहरीलाई खबर गरेको थियो । गाउँले र प्रहरीको खोजीकार्यले विमलाको शव मंगलबार अपरान्ह ३ बजेतिर ताकुमाझ लाकुरी बोट(तामालाबोट) ९, अँधेरी खोलामाथिको घुमाउनेटार जङ्गलमा भेटिएको हो ।
घटना स्थलमा जिल्ला प्रहरी कार्यालय, ताकुकोट प्रहरी कार्यालय र जौबारी प्रहरी कार्यालयबाट सुरक्षाकर्मीका टोलीहरु पुगेका थिए । जिल्ला प्रहरी कार्यालयबाट आएका सुरक्षाकर्मीको टोलीले पोष्टमाटमको लागि शवलाई गोरखा सदरमुकाम लगिएको छ ।
घटनास्थल पुगेका प्रहरीका अनुसार घटनाको प्रकृति हेर्दा ३८ बर्षे विमलाको टाउकोमा धारिलो हतियार (बन्चरो) प्रहार गरी हत्या गरिएको देखिन्छ ।
मृतकको श्रीमान जुठे नेपाली रोजगारीको सिलसिलामा खाडीमुलुक गएका छन् । मृतक विमला गाउँमै सानो किराना पसल चलाउँथिन । विमलाका दुई छोरी र एक छोरा छन् । एक छोरीको विवाह भईसकेको छ भने छोरा ८ र कान्छी छोरी ५ कक्षामा पढ्दै छन् ।
विमलाको हत्याको आशंकामा अहिलेसम्म कोही पक्राउ परेका छैनन । हत्याको कारण समेत खुल्न सकेको छैन । ४/५ तोला  गरगहना लगाएकी विमलाको गहना लुटी लुटेराले नै उनको हत्या गरेको हुनसक्ने स्थानीयहरुको आशंका छ । शब्दः चन्द्र बहादुर आले

0 comments:

Post a Comment

 
Top