काठमाडौं, फागुन १७ –सरकारले भोलि (बुधबार)देखि काठमाडौं उपत्यकामा २० वर्ष पुराना भाडाका गाडी चल्न नदिने भएको छ ।२० वर्ष पुराना गाडीहरुमा यात्रा गर्दा जोखिम हुने र प्रदुषण पनि बढ्ने भएकाले सञ्चालनमा रोक लगाउने निर्णय यसअघि नै सरकारले गरेको थियो । उक्त निर्णय बुधबारबाट पूर्णरुपमा कार्यान्वयनमा ल्याइँदैछ ।
यातायात व्यवस्था विभागले २० वर्ष पुराना भाडाका गाडीहरु भोलिबाट सडकमा देखिए कारबाही गर्न आग्रह गर्दै ट्राफिक प्रहरीलाई पत्राचार गरेको छ । यदि कोही कसैले सो नियमको अटेर जबरजस्ती पुराना सवारी चलाएमा सरकारले जफत गरेर कवाडीमा बेच्ने विभागले जनाएको छ ।
विभागका अनुसार पहिलो चरणमा उपत्यकामा रहेका २० वर्षे पुराना ३ हजार वटा गाडी हटाउन लागिएको हो । पहिलो चरणमा काठमाडौं उपत्यकाका पुराना गाडी हटाएपछि अर्को वर्षको फागुन मसान्तसम्ममा देशभरिबाटै पुराना गाडी हटाइनेछ । यस्तै भाडाका गाडी हटाएपछि विस्तारै निजी र पर्यटक चढ्ने पुराना गाडी पनि हटाइने विभागले जनाएको छ ।
अब पुराना गाडीको विकल्पमा त्यही रुटमा नयाँ गाडी चलाउन दिने विभागको तयारी छ । रिसेन्ट नेपालको सहयोगमा

0 comments:
Post a Comment