ज्याथा पञ्चदान गुठी प्रजापति मिसा पुचको आयोजनामा काठमाडौँको बसन्तपुरमा १०८ कन्याको सामुहिक बेल विवाह सम्पन्न भएको छ ।
नेवारी समुदायका छोरीको तीन पटक विवाह गरिने परम्परा अनुसार पहिलो पटक बेल विवाह “इही” गरिन्छ। जसमा रजश्वला नभएको ५ बर्ष देखि ९ बर्ष सम्मका बालिकाहरुको सहभागिता गराईन्छ ।
पूर्वकाल देखि चली आएको सांस्कृतिक परम्पराको रुपमा रहेको विवाहमा भगवान शिवका पुत्र कुमारलाई बेलको रूपमा लिई बालिका दिनभरी व्रत बसेर बेल लगायत कलश, बज्र, चक्रआदिको पूजाआजा गर्ने गरिन्छ ।
विधिवत रूपमा पूजाआजा गरी विवाह गर्ने बालिकाका बुवाले कन्यादान दिएपछि यो विवाह सम्पन्न हुने गर्दछ । नेवार जातीमा बेल जस्तो भयो दुलहीको वर पनि उस्तै हुने विश्वास गरिन्छ ।डीसीनेपालको सहयोगमा
0 comments:
Post a Comment