काठमाण्डु, १२ फागुन–मधेशी मोर्चाका नेता लक्ष्मणलाल कर्णले संविधान संशोधन प्रस्ताव परिमार्जनसहित पारित गर्नुपर्ने बताएका छन्।
कर्णले सरकारले संसदमा टेबुल गराएको संशोधन प्रस्तावमा उल्लेख गरिएका विषयहरु नागरिकता, भाषा र सिमांकन परिमार्जनसहित पारित गर्नुपर्ने बताएका हुन्। उनले भने,‘नागरिकताको सवालमा वैवाहिक अंगीकृतलाई अधिकार दिने भनेको हो, भाषामा पहिले पाएको अधिकारलाई पनि खोसिएको छ, त्यसलाई सुनिश्चितता गर्नुपर्छ,।’
उनले मोर्चाले भनेजस्तो गरि प्रस्ताव परिमार्जनसहित पारित भए संविधान कार्यान्वयनमा साथ दिने बताए। यद्धपी उनले मधेशी मोर्चा सँधै निर्वाचनको पक्षमा रहेको जिकिर गरे। कर्णले थपे,‘सरकारले पानी खन्याईरहेको छ, तर कुन भाँडो हो भन्ने कुरा थाहा छैन।’ उनले स्थानीय तहको पूर्नसंरचना गर्दा संख्यालाई प्रतिनिधित्व नगरेकोमा आपत्ति जनाए।
उनले आयोगले अघि सारेको रिपोर्ट आफूहरुलाई कुनैपनि हालतमा मान्य नहुने चेतावनी दिए। जबरजस्ती चुनाव गरिए आफूहरुले सकेको जबाफ दिने उनको भनाई थियो।
संशोधन प्रस्ताव पारित गराउनको लागि तपाईहरुसँग दुई तिहाई पुग्छ भन्ने पत्रकार धमलाको प्रश्नमा कर्णले भने,‘धमलाजीलाई हाम्रो ठूलो चिन्ता छ, ऋषिजी मधेशको शुभचिन्तक हो, उहाँ मधेश आन्दोलनमापनि पटक पटक पुग्नुभएको छ।’ त्यस्तै उनले मधेश, थारु, जनजाति, आदिवासीलाई मतलव गर्नेहरुले साथ दिए दुई तिहाई पुग्ने विश्वास दिलाए।काठमाण्डु टुडेको सहयोगमा

0 comments:
Post a Comment