लिउड स्टार शाहरुख खान र सलमान खानले संगै खेलेको फिल्म हेर्न नचाहने को होला ? करण-अर्जुन भनेर चिनिएका यी दुई खान विभिन्न कारणले फिल्म करण अर्जुनपछि संगै एउटै फिल्ममा देखा परेका छैनन् । हुन सक्छ, दुवै स्टारको आ-आफ्नै कारण ।

बलिउडमा सबैभन्दा महंगा मानिने यि स्टारलाई संगै एउटै फिल्ममा ल्याउनको लागी फिल्म मेकर करण जोहरसंग समेत प्रशस्त रकम नभएको चर्चा छ ।

आफुसंग प्रशस्त रकम नभएको कुरा निर्देशक करण जोहरले ट्विटमार्फत सार्वजनिक गरेका हुन् ।

करण भन्छन्  कि उनीसंग शाहरुख र सलमानलाई एउटै फिल्ममा खेलाउने आँट छ तर उनीसंग धेरै पैसा छैन । यदि आफुसंग धेरै पैसा भइदिएको भए करणले पहिले नै यि दुई खानलाई एउटै फिल्ममा ल्याइसक्ने बताएका थिए ।

चर्चा छ तर पक्का छैन,  कवीर खानको आगामी फिल्म ट्युवलाईटमा सलमान मुख्य भुमिकामा देखा पर्नेछन् भने शाहरुखको पनि भूमिका छोटो रहेको छ ।


0 comments:

Post a Comment

 
Top