काठमाण्डु, १० फागुन – सरकारले आगामी बैशाखमा गर्ने निर्वाचनबाट क्रुद्ध बनेको मधेसी मोर्चाले प्रधानमन्त्री प्रचण्डले बोलाएको सर्वदलिय बैठमका भने आफ्नो उपस्थिती जनाउने भएको छ ।
सोमबार मोर्चाको पार्टी कार्यालय बिजुली बजारमा बसेको बैठकले अफ्ना मागका बारेमा सरकारले आनाकानी गरेको भन्दै आन्दोलनको घोषणा गरेको थियो ।
मोर्चा पार्टीभित्र आन्तरिक छलफल गर्दै सरकारको कामप्रति पर्ख र हेरको अवस्थामा छ । सरकारले आफ्ना माग पूरा नगरेको र चुनावको घोषणा गरेको भन्दै मोर्चाले आक्रोश व्यक्त गरिरहेको छ ।
आजको सर्वदलिय बैठकमा प्रधानमन्त्रीले सबै दलका नेतालाई बोलाएका छन् । त्यसमा पनि सरकारप्रति रुष्ट बनेको मधेसी मोर्चा पनि सहभागी हुने सद्भावनाका अध्यक्ष राजेन्द्र महत्तोले काठमाण्डु टुडेलाई बताएका छन् ।
उनले भने सरकारले प्रतिनिधित्व गरेर बोलाएको बैठकमा हामी जहाँ पनि जान तयार छौ । तर सरकारले हाम्रा मागलाई पूरा गर्नुपर्छ ।
सरकारले चुनावको घोषणा गर्यो अब तपाईहरु के गर्नुहुन्छ भन्ने प्रश्नमा उनले भने आन्दोलनमा जान्छौ यदी हाम्रा मागबारे सरकार बेखबर बन्यो भने नराम्रो परिणाम आउने पनि चेतावनी दिएका छन् ।
मोर्चाका महासचिव राजकिशोर यादवले सरकारले हुन नसक्ने चुनावको घोषण गरेर नराम्रो काम गरेको भन्दै आक्रोश व्यक्त गरेका छन् ।
उनले आज मसाल जुलुस निकाल्ने र भोली तराईमा आन्दोलन गर्ने पनि बताए । बैठकमा सहभागी हुनेनहुने भन्ने प्रश्नमा उनले त्यस बारेमा मोर्चाको बैठक बसेर जानकारी दिने बताएका छन् । मोर्चाले सरकार आफ्ना मागप्रति सचेत नभएको भन्दै केही दिनमा चरणबद्ध आन्दोलनको घोषणा गर्ने पनि बताएका छन् ।
काठमाण्डु टुडेबाट

0 comments:
Post a Comment