काठमाडौं, ११ फागुन । एमालेका नेता तथा आर्थिक विभागका सदस्य बद्री कोइरालाको ब्रेन ट्यूमरका कारण निधन भएको छ ।
नेकपा (एमाले) बाँके जिल्लाका पूर्वसचिव भइसकेका कोइरालाको उपचारका क्रममा निधन भएको हो । कोइरालालाई ब्रेन ट्यूमरको समस्या भएपछि उपचार हुँदै आएको थियो । कोइरालाको निधन मंगलबार काठमाडौंमा भएको एमालेका नेता टंक कार्कीले जानकारी दिए ।
अनेरास्ववियु (एकताको पाँचौं) का उपाध्यक्ष समेत रहेका कोइरालाले एमालेको उद्योग विभागको सदस्यको जिम्मेवारी समेत लिइसकेका थिए ।
एमालेका नेताहरूले कोइरालाको निधनबाट पार्टीलाई ठूलो क्षति भएको भन्दै शोकसन्तप्त परिवारप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।
Source: Dainiknepal

0 comments:

Post a Comment

 
Top