क्वालालम्पुर । उत्तर कोरियाली नेता किम जोङ उनका सौतेनी भाइ किम जोङ नामको हत्याको आशंकामा पक्राउ गरिएकी इन्डोनेसियाली महिलाले आफूलाई प्रान्क गर्नका लागि ४ सय मलेसियाली रिंगिट अर्थात् करिब ९० अमेरिकी डलर दिइएको शनिबार प्रहरीसमक्ष बयान दिएकी छिन् ।

 Sponsored by Revcontent
From The Web
These Celebrities Lost All Their Money And Now Work A Normal Job
10 Really Bad Work Habits That Could Be Keeping You From Success
5 Most Common Mistakes a Retired Person Can Typically Make
२५ वर्षीया सिटी आइस्याहलाई हिजो मलेसियास्थित इन्डोनेसियाली दूतावासका अधिकारीहरुले राजधानी क्वालालम्पुरमा भेटेका छन्। उनले आफूलाई एउटा रियालिटी शो जोकको रुपमा किम जोङ नामको अनुहारमा ‘बेबी आयल दल्न पैसा दिइएको बताएकी छिन् ।

पोस्टमार्टमको प्रतिवेदनमा किमको अत्यन्तै विषाक्त रासायनिक पदार्थ नर्भ एजेन्ट भिएक्सको कारण किमको मृत्यु भएको जनाइएको छ। संयुक्त राष्ट्र संघले यस रासायनिक हतियारलाई आम विनाशकारीको दर्जामा राखेको छ। गत साता क्वालालम्पुर इन्टरनेसनल एयरपोर्टमा दुईजना अपरिचित महिलाले केही क्षण रोकेलगत्तै किमको मृत्यु भएको थियो ।

उनको मृत्युपछाडि उत्तर कोरियाकै हात हुनुपर्ने धेरैले अनुमान गरेका छन्। तर प्योङयाङले उक्त आरोपको खण्डन गर्दै आएको छ । एक जना भियतनामी महिला र उत्तर कोरियाली पुरुषलाई पनि यस हत्याकाण्डको सिलसिलामा पक्राउ गरिएको छ । कम्तीमा अन्य सात जना आशंकित व्यक्तिको मलेसियाली प्रहरीले व्यापक खोजी गरिरहेको छ ।

आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ । उनीसँगको ३० मिनेट लामो भेटघाटपछि इन्डोनेसियाली उपराजदूत एन्द्रियानो इर्विनले भनेका छन्– ‘उनले केही मानिसले आफूलाई किमको अनुहारमा तेल पात्न अह्राएको मात्र बताइन्। उनले आफूलाई बेबी आयलजस्तो चिज दिने व्यक्तिहरु जापान वा कोरियालीहरु जस्तो देखिएको बताएकी छिन्। तर मलेसियाली अधिकारीहरुले उनमा भने भिएक्स एजेन्टको सम्पर्कमा आएको कुनै लक्षण नदेखिएको बताएका छन्।

किमले कसैले आफूलाई कुनै अज्ञात तरल पदार्थले छइपेको भन्दै विमानस्थलमा स्वास्थ सेवाका लागि अनुरोध गरेका थिए । त्यसपछि अस्पताल लाने क्रममा बीच बाटोमै उनको मृत्यु भएको थियो। किमको आँखा र अनुहारमा भिएक्स एजेन्टको अवशेष पाइएको बताइएको छ

0 comments:

Post a Comment

 
Top