हेमन्त न्यौपाने आनन्दबजार, फाल्गुन१५ पुनर्वास नगरपालिकाले आनन्द बजारमा कल्भर्ट निर्माण कार्य सुरु गरे देखि नै अवरोध पुर्याएको भारतले आज सम्म पनि कल्भर्ट निर्माणमा अनेक वाहाना देखाउदै निर्माण कार्यमा अवरोध गरिरहेको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी प्रेम बहादुर कुवँरले मंगलबार भारतीय पक्षसंग गरेको सहमति लत्याउदै भारतले कच्ची निर्माणमा पनि काम हुन दिएको छैन ।
पहिले कल्भर्ट निर्माण हुन लागेको स्थानबाट ४०० मिटर पर गस्ती गर्ने भएता पनि कल्भर्ट निर्माण कार्य सुरु भएदेखि उक्त भुमिलाई विवादित बताएको थियो । तर अहिले सो स्थानलाई एकतर्फी स्तम्भ मान्न थालेको छ ।
प्रष्ट नेपाली भुमिमा रहेको डुम्रीको रुख लाई नै आफुहरुले नेपाल भारत स्तम्भ मान्ने गरेको एसएसबीका प्रहरी निरीक्षक टि. के. हंकले बताएका छन ।
शुक्रबार आनन्द बजारका स्थानीय केदार खड्कालाई कल्भर्ट निर्माणका क्रममा बोलेको आरोपमा भारतका स्थानीयहरुलाइ निर्घात कुटपिट गरेको स्वयं खड्काले बताएका छन ।
कल्भर्ट निर्माण उपभोक्ता समितिका सचीव चन्द्रमणि गैरेलाई समेत स्थानीय तथा एसएसबीले भारत गए सुरक्षित नहुने भन्दै धम्याएका छन ।
कच्ची कल्भर्ट बनाउन सहमति भएपनि भारतले सो स्थानमा एक कोदालो माटो खन्न दिएको छैन । टाढाबाट माटो ल्याएर हाल्न परेको पुनर्वास नगरपालिकाका प्राबिधिक लालमन तामाङ्गले बताए ।
उच्चपदस्थ सरकारी कर्मचारी र सरकारलाई सिमाको माया नभएका कारण सिमा क्षेत्रको घाउ झन झन बल्झदै गएको आनन्द बजारका स्थानीय मीन बहादुर शाही बताउछन ।
कल्भर्ट निर्माणमा माटोको मात्र प्रयोग गरिंदा बर्षामा माटो बगेर जाने निश्चित नै छ । जसरी भएपनि कल्भर्ट टिकाउ र दीर्घकालीन नहोस भन्ने भारत चाहान्छ ।
नेपाली भुमिलाई दिनानुदिन भारतले विवादित बनाउदै आएको प्रति सरकारले कुनै प्रभावकारी कदम चाल्न नसकेको आनन्द बजारका अध्यक्ष दल बहादुर शाहि बताउछन ।

0 comments:
Post a Comment